|

काठमाडाैं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड, नामिबियासँग हुने त्रिकोणात्मक श्रृंखलाको  तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलवार) घरेलु टिमविरुद्ध क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दैछ।

क्यानडाको किंग सिटी मेपल लीफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ : ४५ बजेदेखि शुरु हुनेछ। नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ। त्यसअघि नेपालले पूर्व नेपाली क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा स्थानीय ओन्टारियोसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो। जसमा ६९ र ट्वान्टी–२० खेलमा ५५ रनको जित निकालेको थियो।

चीरपरिचित प्रतिद्वन्द्वी क्यानडासँग यसअघि नेपालले तीन पटक खेलिसकेको छ। तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एक पटक जीत हाँसिल गरेको छ। नेपाल र क्यानडा पहिलोपटक २०१४ मा खेलेका थिए। २०१५ को आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो। आईसीसी लिग डिभिजन–२ मा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो।

२०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपालले ७ विकेटको सुखद् नतिजा निकालेको थियो। यस्तै क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम भेटमा २०१८ मा भएको थियो। आईसीसी डिभिजन–२ को खेलमा नेपाल १ रनले विजयी भएको थियो।

नेपालसँग १ विकेट मात्र बाँकी रहेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले रोमाञ्चक जित दिलाएका थिए। यस खेलमा करण केसीले ५ विकेटकासाथ विजयी ४२ रन बनाएका थिए।

घरेलु टोली क्यानडासँगको दुई खेलको श्रृंखलापश्चात् नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग–२ खेल्न स्कटल्याण्ड जाने तालिका रहेको छ। नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ। स्कटल्याण्ड भ्रमणमा नेपाल जितसहित विश्वकप क्रिकेट लिग–२ अंक तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.