|
बुढीगंगा नगरपालिकामा आज भएको मतदान। तस्वीर : टेकसिंह धामी

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव उत्पन्न भएको छ। यसअघि मतदानको क्रममा बुढीगंगा नगरपालिका-९ मा झडप भएको थियो। त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।

साँझ पनि बुढीगंगाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा ढुंगामुढा भएको छ। नेपाली कांग्रेस कार्यकर्ताले निर्वाचनमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। ढुगांमुढा प्रहारबाट केही प्रहरी घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थिति सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। उनका अनुसार अहिले मतपेटिका नगरपालिकामा पुगिसकेका छन्।

वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा आज पुनः मतदान गरिएको छ। आज भएको मतदानमा ६६ प्रतिशतभन्दा बढी मत खसेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.