|

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतको गणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए। 

उनका अनुसार अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। १ हजार मतको गणना सकिएकोमा एमालेले मेयरमा ५२० मत ल्याउँदै अगाडि रहेको छ। कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ। उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ।

यहाँ मेयरका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.