|

काठमाडौं : सर्वनाम थिएटरमा नयाँ नाटक 'सपना अनेक अनेक' मञ्चन हुने भएको छ। अशेष मल्लको परिकल्पना तथा निर्देशनमा बन्दै गरेको नाटक साउन ५ गतेदेखि मञ्चन हुने भएको हो। 

गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित सपना अनेक अनेक गीतिनाटक हो। नाटकमा राजु सिंहको संगीत तथा सत्यराज आचार्य र वानिका प्रधानको स्वर छ भने प्रमिला कार्की उप्रेतीले कोरियोग्राफी गरेकी छन्। चार दशकदेखि रंगमञ्चमा सक्रिय सर्वनामले पहिलोपटक गीतिनाटक गर्न लागेको हो। 

सर्वनामका संस्थापक तथा नेपालमा सडक नाटक भित्राएका निर्देशक मल्लको निर्देशनमा यसअघि ‘अर्को कुरुक्षेत्र’ नामक नाटक भएको थियो। कोरोनाका कारण झण्डै साढे दुई वर्षदेखि बन्द रहेको सर्वनाम थिएटर गीतिनाटक 'सपना अनेक अनेक'को मञ्चनसँगै फेरि खुल्न लागेको हो। गत वैशाखदेखि तीन महिने अभिनय कार्यशाला भने सञ्चालन भइरहेको छ। 

नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी र शूँ–गूको अभिनय रहेको छ। नाटक साउन २१ गतेसम्म बिहीबार बाहेक हरेक दिन साढे ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउसो १ बजे अतिरिक्त शो पनि छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.