|

काठमाडौं : नयाँ नेपाली फिल्म 'बिजुलीः च्याप्टर १' को घोषणा भएको छ। शुक्रबार फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।

फिल्ममा मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने छ। सार्वजनिक पोस्टरले मुकुन केन्द्रीय पात्र बिजुलीको भूमिकामा रहेको संकेत गरेको छ। 

विकास गिरीको लेखन तथा निर्देशनमा बासुकी फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको हो। यसको निर्माता लुना केसी हुन्। मुकुन र बेनिशा बाहेक फिल्ममा कालु राना पनि अनुबन्धन भएका छन् भने अन्य कलाकारको टुंगो लगाउन बाँकी छ। 

कुशल कलाकारको रूपमा चिनिने अभिनेता तथा अभिनेत्री मुकुन र बेनिशाले केही फिल्ममा आफ्नो अभिनयका कारण छाप छोड्न सफल भए पनि दुवै जना व्यावसायिक रूपमा सफल फिल्मको खोजीमा छन्। 

बुलबुलबाट नेपाली फिल्ममा डेब्यु गरेका मुकुनको दोस्रो फिल्म ‘झिंगे दाउ’ प्रदर्शनको तयारीमा छ। त्यस्तै ब्लाइन्ड रक्स, झ्यानाकुटी, घर लगायतका फिल्ममा अभिनय गरेकी बेनिशाको ‘प्रेमगञ्ज’ प्रदर्शनको तयारीमा रहेको छ। 

'बिजुली: च्याप्टर १' को छायांकन भदौ तेस्रो सातादेखि हुने बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.