|

इन्डियन प्रिमियर लिग (आइपिएल)का संस्थापक तथा पूर्व-अध्यक्ष ललित मोदीले पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनसँगको फोटो सार्वजनिक गरेपछि विभिन्न अड्कलबाजी भइरहेको छ। दुई दिनअघि मोदीले आफ्नो ट्विटरमा सेनसँगको फोटो राख्दै आफूहरूले डेट गरिरहेको कुरा उल्लेख गरेपछि यो विषयले चर्चा पाएको हो। 

मोदीले सेनलाई आफ्नो पार्टनर बताउँदै जिन्दगीको नयाँ सुरुवात भएको उल्लेख गरेका थिए। सेनसँगका नयाँ तथा पुराना गरी १० वटा फोटो इन्स्टाग्राम तथा ट्विटरमा अपलोड गर्दै अहिले आफूहरू डेट गरिरहेको र छिट्टै विवाह पनि गर्ने घोषणा गरेपछि सेनलाई पनि विवाह कहिले गर्ने भन्ने प्रश्नको ओइरो लागेको थियो। 

गुपचुप विवाह पनि भइसक्यो, इंगेजमेन्ट भइसक्यो भन्ने हल्ला पनि चलिरहेका बेला सेनले शुक्रबार सामाजिक सञ्जालमार्फत नै आफ्नो प्रतिक्रिया दिएकी छन्। आफ्नो इन्स्टाग्राममा दुई छोरीसँगको फोटो राख्दै विवाह नभएको, रिङ पनि नलगाएको प्रेमले घेरिएको र आफू खुसी रहेको कुरा उल्लेख गरेकी छन्।

 

मोदीले सेनसँग भेट हुँदादेखिका दशक पुराना फोटोदेखि नयाँ फोटोसम्म राखेर आफूहरू पार्टनर रहेको कुरा घोषणा गर्दा सेनले भने मोदीको नामसमेत उल्लेख गरेकी छैनन्। यसले उनीहरूको सम्बन्ध मोदीले उल्लेख गरे जस्तो सरल छ भन्ने कुरामा प्रश्न उठाउने ठाउँ बनेको छ। 

सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी ४६ वर्षीया सेन अविवाहित आमा हुन्। उनका दुई छोरी छन्। जसलाई उनले एडप्ट गरेकी हुन्। उनको प्रेम सम्बन्धको भने बेला बेलामा चर्चा भइरहने गर्छ। त्यस्तै, ५८ वर्षीय मोदी दुई छोरीका पिता हुन्। सन् १९९१ मा विवाह भएकी उनकी पत्नी मिनाल मोदीको सन् २०१८ मा निधन भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.