|

काठमाडौं : एक वर्ष सम्झौता बाँकी रहँदै आफ्ना स्टार फर्वाड रोवर्ट लेवान्डोस्कीलाई क्लब छोड्न दिन बार्यन म्युनिख सहमत भएको छ। फर्वाड लेवान्डोस्कीले बार्सिलोना जाने बताएपछि बार्सिलोनाले उनको आगमनका लागि क्लबलाई मनाएको हो।

अब पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा औपचारिक रुपमा आबद्ध हुने छन्। बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको जनाइएको छ।

बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेपनि ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई बिक्री गर्न क्लब सहमत भएको हो। उनले बार्सिलोनामा ३ वर्षको सम्झौता गरेका छन्। अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौता रहेको बताइएको छ।

लेवान्डोस्कीले बार्षिक करिब ९ मिलियन युरो प्राप्त गर्ने छन्। सन् २०१४ फ्रि ट्रान्सफरमा बार्यन पुगेयता ३३ वर्षे लेवान्डोस्कीले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन्। गत सिजन उनले ४६ खेलमा ५० गोल गरेका थिए।

लेवान्डोस्की आफ्नो क्लबमा आबद्ध भएको बार्सिलोनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। 'बार्सिलोना र बार्यनबीच लेवान्डोस्कीको सरुवाका लागि सहमति भएको छ। स्वास्थ्य परीक्षणपछि औपचारिक रुपमा सम्झौता गरिने छ।' क्लबले भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.