‘समुह स्वार्थ छाडेर वाम एकताको पक्षमा नलागे पछुताउनुपर्छ’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताको लागि सकारात्मक नभएको टिप्पणी गरेका छन्। 

नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका थिए। तर, ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिएपछि नेता श्रेष्ठले असन्तुष्टि जनाएका हुन्।

नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘त्यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष क. केपी ओलीले को छ अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो। उहाँ प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको  कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन।’

उनले ओलीको भनाइले  देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान नपुर्याउने जिकिर गरेका छन्। व्यक्ति वा समुह स्वार्थ केन्द्रित धन्दा छाडेर देश र कम्युनिष्ट आन्दोलनको आवश्यकता अनुसार वाम तालमेल र एकता गर्नुपर्ने दोहोर्‍याए। 

उनले भनेका छन्, ‘फेरि पनि म भन्छु राजनीतिलाई व्यक्ति वा समुह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो। त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर अत्मआलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ। बेलैमा बुद्धि पुर्‍याऔँ, नत्र धेरै ढिलो भइसकेको हुनसक्नेछ। त्यसबेला पछुतो मात्र बांकी होला कि। समयमै सोचौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.