|

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। 

तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.