|

काठमाडौं : १३ वर्षदेखि निरन्तर रूपमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस इकलेज २०२२ को  एघारौं संस्करणको लागि आवेदन फारम खुलाएको छ।

उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखी  “ मिस ईकलेज २०२२ ”  को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिइन्।

कलेज स्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई  एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो।     

विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो एघारौँ चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा   विभिन्न कलेजहरूबाट ३० जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ।

यस कार्यक्रममा सहभागी समपूर्ण प्रतियोगीहरुलाई सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा रु ७ हजार बराबरको छुट, त्यसै गरी फेशन डिजाइन कोर्षमा रु ७ हजार बरावरको छुट ,मेकअप तालिम लिन परेमा रु ५ हजार वरावरको रकम छुटको व्यवस्था पनि गरिएको आयोजकले बताएको छ।

उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरीने छ। यस कार्यक्रमको लागि सहभागिताको लागि भाद्र पहिलो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ।

उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असोजको पहिलो साता राजधानीमा सम्पर्क हुनेछ। प्रतियोगिताका विजेताहरुले “मिस ईकलेज २०२२” कोे ताज उपाधि सहित एकलाख नगद सहित साथै ३ जना विजेतालाई मोडलिङ ,म्यूजिक भिडियो, फिल्म तथा विभिन्न व्राण्डको व्राण्ड एम्वासडरको भूमिकामा सहभागी गराइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.