|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।

पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।

‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्ने वातावरण नरहेकाले गरी पार्टीबाट अलग भएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यसै सन्दर्भमा नेता गिरीले थाहाखबरसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई केटाकेटी पारामा सञ्चालन गरेकाे भन्दै आक्राेशसमेत पाेखेका छन्​।

पार्टीलाई नयाँ ढंगले लैजाने र वृहत् एकता बनाउने अभियान सुरु गर्ने प्रस्ताव गर्दा उल्टै पार्टी हित विपरीत लागेकाे आराेप लगाएकाले आफूहरुलाई अपमान महशुस भएर परित्याग गरेकाे उनले बताए।

पार्टीमा गलत गतिविधि गरेकाले उनीहरुलाई कारबाही गर्ने प्रस्ताव पार्टीकाे बैठकमा पेश भएकाे थाहा पाएपछि उनीहरुले पार्टी परित्याग गरेकाे हुनसक्ने राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.