|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले साउन १ गतेदेखि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गर्‍यो। तर त्यसको वेवास्था गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ। 

पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपक्षीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरी उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो। कोषले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउने अभियान अघि सारेको छ।

पछिल्लो समय  पशुपति क्षेत्रभित्र चर्को स्वरमा संगीत बजाउने, जुम्बा डान्स गर्ने, योगका नाममा अप्राकृतिक गतिविधि हुँदै आएको जनाएको छ। यस्तै ब्याडमिन्टन लगायतका खेल खेल्ने गरेको पनि कोषले जनाएको छ। यसलाई 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले विशुद्ध रुपमा योग र ध्यान गर्ने केन्द्र पशुपति क्षेत्रमा पछिल्लो समयमा गलत अभ्यास भएपछि त्यसलाई रोक्न काम सुरु गर्न लागिएको बताए।

पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली, शिव र पार्वतीको क्रीडास्थलको रुपमा रहेको बताउँदै विशुद्ध धार्मिक आध्यात्मिक ध्यान केन्द्रमा उच्छृङ्खल गतिविधि हुनु गलत भएको कोषको भनाइ छ। 

कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरू हुनु आपत्तिजनक विषय भएको बताउँदै ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्न नदिने बताएको छ।  तर पनि हिजो अनुगमन गर्दा यस्ता कार्य नरोकिएको भन्दै कानून अनुसार कारबाही गर्ने चेतावनी दिएको हो। 

धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपछी, जावतजावत गर्न कठिन हुनुको साथै उनीहरूको दैनिकीमै असर पुगेको कोषले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.