|
तस्वीर: सुरेन्द्र थापा(स्माइल)

काठमाडौं : अभिनेता प्रदिप खड्काले फिल्म चल्नको लागि फिल्म नै राम्रो हुनुपर्ने बताएका छन्। मंगलबार नयाँ फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै स्क्याण्डलले फिल्म नचल्ने बताएका हुन्।

फिल्मकर्मीलाई फिल्म चलाउनको लागि विभिन्न स्क्याण्डल गरेको आरोप लाग्ने गरेको प्रसंगमा बोल्दै प्रदिपले फिल्म चल्नको लागि कुनै स्क्याण्डल काम नगर्ने बरु फिल्म नै राम्रो हुनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, 'फिल्म भनेको कन्टेन्टले चल्ने हो।

फ्राइडे स्याटर्डे चर्चाले अलिकति असर गर्ला तर अल्टिमेटली फिल्म राम्रो भयो भने चल्छ, राम्रो भएन भने कुनै पनि हत्कण्डा, कुनै पनि स्क्याण्डलले चल्छ भन्ने म मान्दिनँ।'

नेपालीहरूले अरुलाई दुःखी देख्न नसक्ने स्वभाव रहेको र खराब नियतका साथ त्यसका फाइदा उठाउन खोज्नु गलत रहेको पनि उनले बताए। प्रदिपको मुख्य भूमिका रहेको फिल्म प्रकाश प्रदर्शनको तयारीमा रहेको छ। मंगलबार ट्रेलर सार्वजनिक भएको फिल्म भदौ १० देखि नेपाल र केही अन्य देशमा पनि एकसाथ प्रदर्शनमा आउँदैछ। 

दिनेश राउतको निर्देशनमा बनेको फिल्म महेन्द्र अधिकारीको निर्माणमा बनेको हो। फिल्ममा प्रदिप बाहेक दिया मास्के, रेनु नाथ योगी, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.