|

काठमाडौं : सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक भएको छ। सरोगेसीको कथा रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

रन्जित रौनियारको लेखन तथा निर्देशन रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। फिल्ममा सौगात र सृष्टि मध्यमवर्गीय दम्पतीको भूमिकामा देखिएका छन्। जहाँ सृष्टि 'सरोगेट मदर' (निश्चित रकम लिएर अन्य आमाका लागि बच्चा जन्माइदिने महिला)को भूमिकामा देखिएको ट्रेलरबाट बुझिएको छ। 

गोपीकृष्ण मुभिजको प्रस्तुति रहेको फिल्ममा सौगात र सृष्टिबाहेक आशान्त शर्मा, लुनिभा तुलाधार, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्कीलगायत कलाकारको अभिनय रहेको छ। 

कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ३ मा फिल्म प्रदर्शनमा आउँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.