|

पौराणिक ग्रन्थ रामायणमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्मको बजेट ७ अर्ब ५० करोड बताइएको छ। जुन भारतीय फिल्म इतिहासमै सबैभन्दा ठूलो बजेट हो। 

फिल्ममा मुख्य पात्र रामका लागि रणबीर कपूर र रावण​का लागि हृतिक रोशन अनुबन्धित भएका छन्। हृतिक र रणवीर पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्। सन् २०२३ को मध्यतिरबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका अन्य पात्रको छनोट भने हुन बाँकी छ। 

फिल्ममा भिएफएक्स र स्टारकास्टको लागि सबैभन्दा धेरै बजेट छुट्टाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार निर्माण टोलीले सीताको भूमिकाको लागि दीपिका पादुकोणलाई प्रस्ताव गरेका छन्। आगामी नोभेम्बरमा औपचारिक घोषणा गरिने फिल्म २०२४ को अन्त्यसम्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोली रहेको छ। 

यतिवेला रणबीरको 'शमशेरा' प्रदर्शनको तयारीमा रहेको छ भने 'ब्रह्मास्त्र' पनि प्रदर्शन मिति पर्खिरहेको छ। त्यस्तै हृतिकको 'विक्रम वेधा' पोस्ट प्रोडक्सनमा छ भने 'फाइटर'को प्रि-प्रोडक्सनको काम भइरहेको छ। दुवैले सन् २०२३ मा 'रामायण'का लागि आफ्नो समय छुट्ट्याइसकेका छन्। 

नितेश कुमारको निर्देशनमा बनेको 'दंगल' भारतीय फिल्म इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म हो। त्यस्तै 'चिल्लर पार्टी', 'छिछोरे', 'बरेलीकी बर्फी' उनका चर्चित फिल्म हुन् भने 'बवाल' छायांकनको क्रममा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.