|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंले प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। प्याब्सनले बुधबार पत्रकार सम्मेलन गरि नृत्य प्रतियोगिताको नवौँ संस्करण भदौ १२ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने जानकारी दिएको हो।

प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगिताको ८ औँ संस्करण सम्पन्न भइसक्दा धेरै प्रतिभा जन्माउन सफल भएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तर कार्यक्रम आयोजना गर्दै जाने बताए । 

प्याब्सनका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल) ले २०६९ सालदेखि नै मौलिक संस्कृतिलाई विद्यालय स्तरबाटै संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिइन्।

उनका अनुसार यो कार्यक्रममा काठमाडौं जिल्लाका ५० वटा विद्यालय सहभागी गराइनेछ। सहभागीमध्ये उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने निजी विद्यालय एवं विद्यार्थीलाई क्रमश: २० हजार, १५ हजार र १० हजार नगद, सर्टिफिकेट र मेडलले पुरस्कृत गरिने जानकारी उनले दिइन्।

१० औँ उत्कृष्ट स्थानसम्म आउने विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनको भनाइ छ। ‘विद्यालयहरूले यही साउन ३१ गतेसम्म तीज गीतको बोलसहित दर्ता गराउनुपर्नेछ, प्रतियोगितामा कक्षा १० सम्मका छात्राहरूलाई मात्र सहभागी गराइनेछ,’ उनले भनिन्।

उनका अनुसार नेपाली संस्कृति झल्किने तीज गीतमा मात्र नृत्य गर्न पाइनेछ। उक्त गीत ५ मिनेटको हुनुपर्नेछ‚ त्यसभन्दा बढी समयको भए त्यसको मूल्यांकन हुने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.