काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौमा अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले उच्च नेतृत्वले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको बताइन्। तथापि प्रधानमन्त्री नै जाने वा अरू कोही जाने भन्ने विषयमा मन्त्रिपरिषद्ले गर्ने औपचारिक निर्णय नै आधिकारिक हुने उनको भनाइ छ।
विगतमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने भनेर गृहकार्य भए पनि भ्रमण हुन सकेको थिएन। त्यस बारे प्रवक्ता लम्सालले त्यो भ्रमण हुन दुवै पक्षको अनुकूलता नभएकाले सम्भव नभएको प्रस्ट पारिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।