|

काठमाडाैं : नेपाली चलचित्र 'म'को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाईलीलगायतका कलाकारको अभिनय छ।

प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताए।

निर्देशक थापाले बनाएको सर्ट फिल्म 'मलामी'जत्तिको सिनेमा अहिलेसम्म नेपालमा नबनेको दाबीसमेत गरे। त्यस्तै कार्यक्रममा नायक निराजन प्रधानले 'म'मा काम गर्न पाउँदा खुशी लागेको बताए।

​त्यस्तै ट्रेलर हेर्न पुगेकी नायिका सुरक्षा पन्तले फिल्मले सफलता पाउने विश्वास व्यक्त गरिन्। आफ्नो अस्तित्वको खोजीको कथा भन्ने फिल्म 'म' साउन २० गते प्रदर्शनमा आउँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.