|

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ : च्याप्टर २' ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो। 

यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय फिल्मको इतिहासमै तेस्रो सबैभन्दा ठूलो बक्स अफिस कलेक्सन हो। 'केजिएफ' अघि 'दंगल' र 'बाहुबली २' रहेका छन्। 

फिल्मले नेपालमा पनि २१ करोडभन्दा बढी कमाइ गरेको थियो। एक महिनाभन्दा बढी प्रदर्शन रहेर हलबाट उत्रिएको फिल्म भारतका धेरै शहरमा अझै पनि प्रदर्शनरत छ। भारतमा फिल्मको हिन्दी डबले मात्रै ४ अर्बभन्दा बढी कमाइ गरेको थियो। जुन सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म 'दंगल'को जम्मा कमाइभन्दा पनि बढी हो।

'केजिएफ' निर्देशक नील यतिवेला अर्को ठूलो बजेटको फिल्म 'सलार'को छायांकनमा व्यस्त छन्। यो वर्षको अन्तिमदेखि केजिएफको तेस्रो च्याप्टरको काम शुरु गर्ने तयारीमा निर्माण टोली रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.