|

काठमाडौं :  थाहाखबरले साताको अन्तिम दिन शनिबार साताभरिको गतिविधिलाई समेटेर साताको तस्विर प्रकाशन गर्दै आएको छ। औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।

पेशा आ–आफ्नै : कवाडी सामान लिन जाँदै श्रमिक। छेउमा ड्युटीमा रहेका सुरक्षाकर्मी। 

एक काम दुई पन्थ : भृकुटीमण्डपस्थित फुटपाथमा व्यवसाय गर्ने वृद्धा फुर्सदमा बाती काट्दै। 

मौसमी व्यापार : साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा ग्राहकलाई पोते देखाउँदै व्यापारी। 

फुर्सदको सदुपयोग : ड्युटीमा खटिएका सुरक्षाकर्मी मोबाइल हेर्दै। 

साउनमा शिवालय : साउनको पहिलो सोमबार पशुपतिमा महिला। 

सानीको रहर : साउन लागेसँगै हातमा मेहेन्दी लगाएर खुशी भएकी बालिका। 

पूर्णचन्द्र : असारे पूर्णिमाको चन्द्रमा। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.