|

जनकपुरधाम : मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षमै ५८५ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७८।७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।

ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका छन्। त्यस्तै दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका र गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए। तीमध्ये ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घाइते भएको प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.