|

काठमाडौं : एसिड पीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्ने फिल्ममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अभिनय गर्ने भएका छन्। ​

रमित ढुंगानाले निर्देशन गर्ने डेब्यु फिल्ममा मन्त्री यादव नायकको भूमिकामा देखिन लागेका हुन् भने मुख्यमन्त्री राउतको केमियो रोल रहनेछ। फिल्म छायांकनका लागि यसै हप्ता अमेरिकाबाट नेपाल आएका ढुंगानाले मन्त्री यादवसँग छायांकन तालिबारे छलफल गरेका छन्। मन्त्री यादवले छायांकनको लागि तीन दिनको समय छुट्टाएको बुझिएको छ। 

ढुंगानाले मुस्कानको अप्ठ्यारो समयमा सहयोग गर्नेहरू सबैलाई समेटेर फिल्म बनाउन लागेका हुन्। जसको मुख्य भूमिकामा मुस्कान खातुन नै देखिने छिन्। मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुअघि नै फिल्ममा खेल्ने कुरा पक्का भइसकेको निर्माण टोलीले जनाएको छ। 

साउन अन्तिम सातादेखि फिल्मको छायांकन सुरु हुने बताइएको छ। मुस्कान बाहेक रमितका रोधी घर र पृथ्वीनारायण शाह नामका दुई प्रोजेक्ट पाइपलाइनमा रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.