|

पर्सा : पार्टी भित्र एकता नभए बाहिर जतिसुकै राम्रो गठबन्धन भए पनि केही नहुने नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बताएका छन्।

वीपीको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वीरगन्ज महानगर समितिले गरेको नयाँ महानगर कार्य समितिको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोहमा सम्बोधन गर्दै सोमबार साँझ उनले यस्तो बताएका हुन्।

'पार्टी भित्र आन्तरिक एकता पहिलो कुरा हो। यो नभएसम्म बाहिरका पार्टीहरूसँग जतिसुकै राम्रो गठबन्धन गरे पनि परिणाम सकारात्मक आउँदैन', उनले भने।

गठबन्धन गर्ने भनेको पार्टीलाई कमभन्दा कम क्षति पुग्ने गरी हो उनले थपे। तर पार्टी नेतृत्वले त्यो कुरा गम्भीर रुपमा लिएको छैन। बाहिरी गठबन्धनलाई बढी प्राथमिकता दिनु सकारात्मक सन्देश होइन नेता कोइरालाले बताए।

'कम्युनिष्टहरुले बाहिर के भन्दै हल्ला गर्दै छन् ? त्यो उनीहरुले बढी फाइदा लिने दाउमा त्यसो भनेको हो। तर पार्टीले गम्भीर भएर सोच्नु पर्छ। कम्युनिष्टहरू कहिले पनि निजीकरणको माध्यमबाट अगाडि बढ्न चाहँदैनन्।  यो कुरा बुझ्नु पर्छ', नेता कोइरालाले तर्क गरे।

'सरकार नेपाली कांग्रेसकै नेतृत्वमा भए पनि कसैको लहडमा प्रधानन्यायाधीशलाई महाभियोगको मुद्दा लगाएर सो मुद्दा सदनमा लट्काइएको छ। यो गलत भयो।भोलि निर्वाचन आइरहेको छ। त्यो समयमा पाँच छ महिनाबाट निष्कर्षमा नपुगेका यस्ता मुद्दा उठाइए नेपाली कांग्रेसलाई हानी हुन्छ', उनले बताए।

'गएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं जस्तो ठाउँमा गठबन्धनका चार पाँच दल मिल्दा पनि स्वतन्त्रका उमेदवारभन्दा २५ हजार बढी मतान्तरले पछि पर्नु पार्टीले सोच्ने बिषय हो', उनले तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.