|

दाङ : नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काले बोकेको उद्देश्यलाई सार्थक बनाउन तुलसीपुरका एक युवाले खाली खुट्टा पैदल यात्रा गरेका छन्। गत शनिबारदेखि नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव झनक बस्नेतले दाङदेखि काठमाडौंसम्मको खाली खुट्टा यात्रा सुरु गरेका हुन्।   

स्वर्गीय खड्काले संघीयता बिनाको सनातन हिन्दु राष्ट्र बनाउन आन्दोलन गरेको भएयता पनि उनको निधनपछि त्यो हराएको भन्दै त्यसलाई सार्थक दिन आफूले यात्रा शुरु गरेको उनले बताए।  

कांग्रेस नेता स्वर्गीय खड्काले हिन्दु महा अभियानको नाममा संघीयता  र  धर्मनिरपेक्षताको खारेजीको अभियान चालेको भएयता पनि उक्त अभियानलाई तत्कालीन सत्ताशक्ति रहेका व्यक्तिहरूले वेवास्ता गरेको उनको निधनपछि त्यो अझै पनि अधुरो रहेको सपनालाई सार्थक बनाउने आफ्नो यात्राको उद्देश्य  रहेको उनको भनाइ छ। 

उनले जिल्लाको अन्तिम पश्चिमको  सीमाना बाँके, बर्दिया, सुर्खेतको कोहलपुर–सुर्खेत छिन्चु जाने बबई नदीमाबाट खाली खुट्टा पैदल यात्रा शुरु गरेका थिए। उनले आफूले यसरी खाली खुट्टा पैदल यात्रा गर्नुको मुख्य उद्देश्य जनताको र चाहना विपरित देशमा  धर्मनिरपेक्षता, संघीयता बनाएको हुँदा त्यसको खारेजी गर्नु पर्ने तर्क गरे।
 
‘देशमा गणतन्त्रको स्थापना र राजाको  बर्हिगमन पछि संविधान जारी गर्दा देशमा दुई वटा विपद् निम्त्याइयो। ९० प्रतिशत जनताको चाहना र इच्छा विपरित देशलाई धर्मनिरपेक्षता र संघीयता बनाइयो’ उनले भने,  ‘९० प्रतिशत जनताको पहिचान मेटाउने गरी धर्मनिरपेक्षता संविधानमा जारी गरियो। जुन जनताको चाहना विपरित हो । हाम्रो जस्तो साना अर्थतन्त्र  भएको देशमा राजनीतिक दलका नेताहरूलाई पाल्न संघीयता खडा गरेर उनीहरूलाई रोजगार दिने काम भयो।’

उनले दाङका स्वर्गीय खुमबहादुर खड्काले त्यसका विरोधमा हिन्दु राष्ट्र महाअभियान भनेर गरेको र उनको निधनपछि त्यो आन्दोलन हराएको हुँदा आफूले सुरु भएको उनको भनाइ छ। स्वर्गीय खड्काको उद्देश्यलाई नेपाली कांग्रेस र आम नागरिकहरूले सम्बोधन गर्ने र यो यात्राले आफूलाई उर्जा दिने उनको विश्वास छ। 

उनले भने, ‘हाम्रो देशको पहिचान गुमेपछि हामीले देशलाई भविष्यमा के भनेर चिनाउने ? राष्ट्रका आआफ्ना किसिमका विशेषताहरू हुन्छन् । तर, भन्ने गरिन्छ,  राज्यको कुनै धर्म हुँदैन । तर, नेपाल देशका नेपाली के हुन्, भनेर संविधानमा खुलाउनु पर्याे।’

अहिलेलाई आफ्नो काठमाडौँसम्म मात्र खाली खुट्टा यात्रा रहेको भन्दै काठमाडौँ पुगेपछि त्यसपछि के कसरी अगाडि बढ्ने भन्ने कुरामा मेरा अग्रजहरूको सल्लाह अनुसार तय हुने पनि बताए। 

यात्राको क्रममा जनताहरूको साथ समर्थन एकदमै पाएको भन्दै तर, जनताको चाहनालाई महत्व दिने काम देशमा नभएको हुँदा त्यसका विरोधमा आफ्नो लडाइ भएको बताए। 

स्वर्गीय खड्काले देशमा संघीयता, धर्मनिरपेक्षता जारी गर्दा देशको हितको विपरित  भएको भन्दै उठाएका कुराहरू आज सिद्ध भएको पनि बताए। 

‘अहिले देशको अर्थतन्त्रको अवस्था कहाँ पुगेको छ। देशमा धार्मिक पर्यटकहरुको अवस्था कहाँ छ। देश कुन गतिमा अगाडि बढेको छ। जनता कुन गतिमा रहेका छन्, भन्ने कुरा  अहिले भोगिएको छ’ उनको भनाइ छ।   

उनले नेपालको नक्सामा स्वर्गीय खड्काको फोटो राखेको टि–सर्टमा संघीयता बिनाको सनातन हिन्दु राष्ट्र महाअभियान लेखेको टि–सर्ट लगाएर यात्रा गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.