काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु फेरि काठमाडौं आएका हुन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ। यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।
प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही सातामै नेपाल आएका हुन्।
एसपिपी अस्वीकार गरेपछि लुको दुईदिने भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। यसअघि लु नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्ष मंसिर १ देखि ४ गतेसम्म नेपालमा भ्रमण गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।