|

काठमाडौं : युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

राजधानीको नयाँ बानेश्वर थापागाँउस्थित एउटा कार्यक्रममा आज ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका लेखक/निर्देशक देवप्रसाद धिमालले भने‚ ‘आफ्नो मेहनतलाई दर्शकले स्विकार्नु हुन्छ हुँदैन‚ आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली र गाली दुवै मलाई स्वीकार्य छ।‘

धिमालले यो फिल्म आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए। ​उनले भने‚ ‘सिरिजमा सबै कलाकार युवा र नयाँ छन्, कथावस्तु पनि अहिलेका युवाहरूको प्रेममा आउने आरोह अवरोहको विषयमा भएकाले युवापुस्ताले मन पराउने विश्वास लिएको छु। हामीले सिरिज प्रशारणका लागि टेलिभिजनहरूसँग पनि कुराकानी गरिरहेका छौं। सायद चाँडै टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ।’

उनले सिरिजमा नयाँ कलाकारहरू उल्लेख्य संख्यामा रहेको बताए। सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ, प्रियन्सी श्रेष्ठ, सोनियो रन्जित, पुनम परियार, सुमन थोप्रा लिम्बू, भीमसेन खतिवडा, राजकुमार शाह, विजयराज भूर्तेल, राजीव धिमाल‚ कृष्णप्रसाद धिताल, सविना गहतराज‚ रोजिना गौतम‚ अर्जुन थापालगायतको अभिनय रहेको छ।

विजयराज फिल्म्‌सको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नवराज घिमिरे र प्रवेश राईले गरेका छन् भने विजयराज भूर्तेल सम्पादन गरेका छन्। सिरिजको निर्माणमा मन्जुकुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको छ। टेलर ‘आलु जस्तो लव’ यु-ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.