|

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता सम्पन्न भएकाे छ। भेटमा दुईदेशबीच सुमधुर सम्बन्ध कायम राख्ने बिषयमा छलफल भएकाे जनाइएकाे छ।

यसअघि विदेशमन्त्री लुले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए। उनले नेपाल बसाइका क्रममा विस्तारित नेपाल-अमेरिका व्यापार सम्बन्धको बारेमा आयोजित अन्तर्क्रियामा भाग लिएका थिए।

साथै उनले केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकारको संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भनेर छलफल गरेकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ।

दूतावासका अनुसार लुकाे नेपाल भ्रमण सम्पन्न भएको छ र उनले नेपाल बसाइ निकै सुखद रहेकाे प्रतिक्रिया दिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.