|

खोटाङ : खोटाङमा खेल्ने क्रममा सलको पासो लागेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षीया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

गुरुङको परिवार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ। सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो। मृतक बालिका र उनकी बहिनी घरको निदालमा सल बाँधेर खेल्ने क्रममा सोही सलमा पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर चौधरीले बताए।

दिदीले बोलाउनुभएको छ भन्दै बहिनी अर्को कोठामा पुगेपछि आएर हेर्दा झुण्डिरहेको अवस्थामा दिदी रोमी फेला परेकी थिइन्। मृतक बालिका कक्षा ४ मा अध्ययनरत थिइन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.