|

बागलुङ : बागलुङमा एकजना वडाध्यक्षले अवैध सम्बन्ध राख्दा एक युवती गर्भवती भएकी छन्। जिल्लाको जैमिनी नगरपालिका- ९ का अध्यक्ष सन्दीप थापा ‘इन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतीलाई गर्भवती बनाएका हुन्।

अध्यक्षले ती युवतीलाई गर्भवती बनाएर बागलुङ बजारस्थित एउटा घरमा राखेको पाइएको छ। थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन्। अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिएको युवतीकी आमाले बताइन्।

नेकपा एमालेका तर्फबाट वडाध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनी ढाँटेर ती युवतीसँग शारीरिक सम्बन्ध गाँसेको युवतीका परिवारको दाबी छ। युवतीलाई पटक–पटक गर्भपतन गराउन लगाएको र डाक्टरले तेस्रोपटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने बताएपछि गर्भपतन नगरेको बुझिएको छ।

अस्पतालले ती युवती सुत्केरी हुने समय भदौको पहिलो हप्ता बताएको छ। यस विषयमा वडाध्यक्ष थापाले घटना स्वीकार गरेका छन्। उनी वडा मेलमिलाप समितिका संयोजकसमेत हुन्। वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिक गतिविधि गर्दै हिँडेपछि वडावासीले न्याय पाउने आशा मारेका छन्।

नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिइएको छैन भने यस्तो कामलाई अपराध मानिन्छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक काम गर्नु अक्षम्य अपराध भएको महिला अधिकारकर्मीको बुझाइ छ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईजना पत्नी राख्न पाइँदैन। दोस्रो विवाह गर्न जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.