|

बागलुङ : कास्कीको पोखरा महानगरपालिकामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

महानगरपालिका–२५ हेमजामा आइतबार साँझ ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो। 

ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।

उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको तिवारीले बताए।

दुर्घटनामा ट्रकधनी ४१ वर्षीय क्षेत्रबहादुर कुँवर घाइते भएको प्रहरीले जनाएको छ। उनी आगो निभाउने क्रममा जलेर घाइते भएका हुन्।

उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ। ट्रकचालक २४ वर्षीय किरण बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.