जनार्दन फर्किए पनि बसेन मन्त्रिपरिषद्को नियमित बैठक

|

काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ।

संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। थाहाखबरसँग कुरा गर्दै मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्।

बजेट अधिवेशन भएपनि संसद बैठकमा थुप्रै विधेयक अघि बढेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेलाई चुनावको मिति तोक्न सत्ता गठबन्धन दलमा सहमति भएको बताए पनि मन्त्रिपरिषद्ले मिति तोक्ने निर्णय गरिसकेको छैन। 

नागरिकता विधेयक पारित भएको र अर्थमन्त्रीमा जनार्दन शर्मा भित्रिए पनि नियमित सोमबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज बस्न सकेन। सरकारले महत्वका साथ लिएको वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न बाँकी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हीरामणि शर्माले सोमबार, बिहीबार र शुक्रबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने प्रचलन भएपनि धेरैजसो सोमबार र बिहीबार बस्ने गरेको थाहा जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्मा छलफल गर्ने बिषय नभएर आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक नबोलाएका हुन्। अब नियमित बैठक आउँदो बिहीबार या शुक्रबार बस्नसक्ने शर्माले बताए।  

निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिइसकेको छ। सँगै आयोगले १ सय २० दिनको तयारी अवधि दिन भने पनि अब मंसिर ४ आउन १ सय ११ दिन मात्रै बाँकी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.