|

इलाम : उदयपुरको कटारीमा आजबाट चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। प्रदेश नंबर एक रग्बी संघको व्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो।

नेपाल रग्बी खेल संघ प्रदेश एकका अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान विराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो।

प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका १४ जना सहभागी छन्। प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउने अध्यक्ष कटवालले बताए। युरोपमा लोकप्रिय खेल रग्बी नेपाल भित्रिएको २ दशकभन्दा लामो समय भएपनि व्यवस्थित रुपमा अघि बढेको थिएन।

​२०५२ (सन् १९९५) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो। भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको पाइन्छ।

भारतमा अध्ययनका लागि गएका सिद्धि शम्शेर राणाले नै नेपालमा रग्बीलाई भित्र्याएका हुन्। २०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको हो। तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो। जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न।

यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि मात्र रग्बीले गति लिन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.