|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन्।

साउनको तेस्रो सोमबारको अवसर पारेर बागमती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन्।

वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा ओलीले आरती सञ्चालन गर्न सहयोग गर्नेहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.