|

सुर्खेत : डोल्पाको ठूलिभेरी नगरपालिका ५ कोरेआरुमा लु ४ त ६७०३ नंबरकाे ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का २४ वर्षीय शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनाकाे अन्य विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.