काठमाडौं : काठमाडौंको माइतीघर चोकस्थित सेन्ट जेभियर्स कलेजमा विज्ञान संकायको प्रवेश परीक्षा दिएका विद्यार्थी रिजल्ट हेर्न माइतीघर चोकमा लामबद्ध भएका छन्।
कक्षा ११ को विज्ञान संकायको प्रवेश परीक्षाको लागि कलेजमा ४९० कोटा रहेकोमा १० हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षाका फाराम भरेका थिए। आज कलेजमा इन्ट्रान्स परीक्षा भएकोले कलेज वरपर भीड जम्मा भएको कलेज प्रशासनले जनाएको छ।
एसईईको नतिजामा राम्रो जिपिए ल्याउने विद्यार्थीहरूले राम्रो विषय र कलेज छनोट गर्ने क्रममा आफूलाई उत्कृष्ट दाबी गर्दै आएका कलेजहरूले प्रवेश शुल्क र अन्य सेवाका नाममा चर्को शुल्क असुल्दै आएका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।