|

उदयपुर : अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि स्थानीयलाई उद्धार थालिएको छ।

बुधबार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर पानी पसेपछि  बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन्।नदीको बाँध फुटेर गाउँ पस्दा करिब १० परिवार विस्थापित भएको बेलका नगरपालिका-३ की सदस्य फाल्गुन कार्कीले जानकारी दिइन्।  अहिले सशस्त्र प्रहरीको टोलीले यहाँ उद्धार गरिरहेको छ।

डुबानबाट भएको क्षतिबारे यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरिएको थियो। सप्तकोशी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्ने बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.