|

काठमाडौं : नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। 

राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशनमा कोभिडको समयमा नगद लाभांशको वितरणमा गरिएको कडाई हटाएको हो। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै तीनवटै व्यवस्था हटाउने निर्णय गरेको हो।

बैंकले गत वर्षको मौद्रिक नीतिमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो।

नगद लाभांश इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो भने खुद वितरणयोग्य मुनाफा कूल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.