|

सर्लाही : सर्लाहीमा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बागमती नगरपालिका–१० पुरानो सोल्टी बजारको ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियारको बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो।

खेतमा जान्छु भनी घरबाट निस्किएकी फूलमाया बागमती नगरपालिका–८ सोल्टीस्थित नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.