|

ललितपुर : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को पर्याप्त छलफल नहुँदा र प्रदेशसँगको ऐन बाझिँदा ऐन कार्यान्वयनमा समस्या भएकाे दाबी गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) एकेडेमीद्वारा आयोजित स्पोर्टस् डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुनुका साथै प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको स्पष्ट पारे।

'ऐन बनाउने सदनले र नियमावली बनाउने मन्त्रिपरिषद्ले हो', उनले भने, 'यो विषयमा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल नहुँदा यी खाले समस्या आइपरेको हो।'

ऐनमा भएका समस्या हटाउनका लागि नेपाल ऐन संशोधन गर्न हरेक वर्ष सम्बन्धित मन्त्रालयमार्फत प्रस्ताव माग गर्न सकिने प्रावधान छ। त्यसैले संघलाई वैधानिकता प्रदान गर्न सदस्यसचिव घिसिङले युवा तथा खेलकुद मन्त्रालयमार्फत बाधा अड्काउ फुकुवाका केही प्रस्ताव पठाइसकेको बताएका छन्।​

नियमावली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको छ। आफू ऐन कार्यान्वयन गराउने निकाय भएकाले यसमा भएका त्रुटीप्रति खेलकुद परिषद् पूर्णत: जिम्मेवार नहुने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.