|

सन १९८८ मा 'कयामत से कयामत तक'बाट बलिउडमा प्रवेश गरेका आमिरले पहिलो फिल्मबाटै उत्कृष्ट नवअभिनेताको रुपमा फिल्मफेअर अवार्ड पाएका थिए।

त्यसपछि प्रदर्शनमा आएका 'राख', 'दिल', 'जो जिता वही सिकन्दर', 'राजा हिन्दुस्तानी', 'लगान', 'फना' जस्ता फिल्मले बलिउडमा आमिरको छुट्टै स्थान बनायो।

सन् २००८ पछि आमिरको फिल्मी करिअर उत्कर्षमा थियो। २००८ मा आएको 'गजनी', २००९ मा आएको '३ इडियट्स', २०१३ को 'धुम ३', २०१४ को 'पिके' र २०१६ को 'दंगल' आमिरका ती फिल्म हुन् जसले एकपछि अर्को गर्दै बक्स अफिसमा आफ्नै कीर्तिमान तोडे। आमिरलाई मिस्टर पर्फेक्सनिस्टकाे नामले चिनिन थाल्याे।

'दंगल' अहिले पनि भारतको सर्वाधिक कमाइ गर्ने फिल्म हो। एकातिर बक्स अफिस हिट दिँदै गर्दा आमिरले 'धोवी घाट', 'तलास', 'सेक्रेट सुपरस्टार' जस्ता सामाजिक यथार्थवादी फिल्म पनि खेलिरहेका थिए।

सन् २०१८ मा आमिरको करिअरको सबैभन्दा ठूलो बजेटको फिल्म 'ठग्स अफ हिन्दुस्तान' आयो। जसले न व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न सक्यो न समीक्षकले राम्रो माने। त्यसपछि लामो समय आमिरले कुनै पनि फिल्ममा साइन गरेनन्। चार वर्षपछि उनको 'लाल सिंह चड्ढा' प्रदर्शनमा आउँदैछ।

'लाल सिंह चड्ढा' सन् १९९६ मा प्रदर्शनमा आएको ओस्कार विजेता फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक हो। 'लाल सिंह चड्ढा'लाई आमिरले आफ्नो ड्रिम प्रोजेक्ट बताउँदै आएका छन्। आमिरको लगानीसमेत रहेको फिल्म अगस्ट ११ देखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ।​

आमिरका अघिल्ला फिल्मको भन्दा 'लाल सिंह चड्ढा'को प्रदर्शन अघिको हाइप कम छ। फिल्मले हिन्दू धर्मका बारेमा गलत प्रचार गर्ने भन्दै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको ट्रेण्ड पनि चलिरहेको छ।

तर, आमिरले आफ्नो करिअरमा सबैभन्दा धेरै समय दिएर बनाएको तथा उनका अनुसार सबैभन्दा उत्कृष्ट फिल्म पनि 'लाल सिंह चड्ढा' हो।

यस्तोमा फिल्मले कस्ताे प्रदर्शन गर्छ तथा आमिरकाे मिस्टर पर्फेक्शनिस्टकाे ट्याग बचाउँछ या बचाउँदैन भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.