|

काठमाडौं : आफ्नो माग सुनुवाइ नभएको भन्दै नवलपरासी सुस्ताका मिटरब्याजी पीडितहरू पुनः काठमाडौंमा आइपुगेका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले झरीमा रुझ्दै माइतीघर मण्डलामा धर्ना बसेको छ। भूमिहीन बनाइएका किसान-मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, बढी लिइएको पैसा फिर्ता गर्नुपर्ने  माग राख्दै उनीहरू तीन दिनदेखि धर्ना बसिरहेका हुन्। 

यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर उनीहरू घर पुगेका थिए।  मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरूको समस्या समाधान नभएको उनीहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.