|

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

५ हजार ९ सय २६ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत २ हजार ५ सय ८९  र एन्टिजेनमार्फत ३ हजार ३ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज मात्र ३ सय २४ जना कोरोना मुक्त भएका छन्।

यो अवधिमा ४७ हजार ३ सय ४१ जनाले खोप लगाएका छन्।  हालसम्म ५ हजार ६ सय ०२ जना संक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.