|

कञ्चनपुर : कञ्चनपुरमा बिहीवार एकै दिन ३९ जनामा कोरोनाकाे संक्रमण देखा परेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डाचौकीमा ११ जना, भीमदत्त नगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ११ जना, शुक्लाफाँटामा ३ जना, पुनर्वासमा १ जना र कृष्णपुरमा २ जनामा कोरोना संक्रमण देखा परेको हो।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोनाको संक्रमण देखा परेका ३९ जनालाई होम आइसोलेसनमा पठाईएको छ। आज ७ जनाले कोरोना जितेर घर फर्किएका छन् भने, अहिलेसम्म कोरोनालाई जित्नेको संख्या चार हजार पाँच सय ५८ पुगेको छ।

जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८७ जना रहेको छ भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ११ रहेको छ। ‘कोरोनाको संक्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ, स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, ‘खोप लगाउने कार्यलाई निरन्तरता दिईएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.