२६ हजारभन्दा बढी युद्ध अपराधका घटना

|

काठमाडौं : रुस - युक्रेन युद्ध सुरु भएयता २६ हजारभन्दा बढी संदिग्ध युद्ध अपराधका घटनाहरू भएको पाईएको छ। अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युद्धका क्रममा १३५ जनालाई अभियोग लगाइएको भएपनि १२० जना फरार रहेका छन्।

१५ जना युक्रेनी हिरासतमा रहेका छन्। अभियोजक जनरलको कार्यालय युद्ध अपराध विभागका प्रमुख युरी बिलोसोभले राजधानी किभमा पत्रकारहरुसँग कुरा गर्दै १३ वटा मुद्दाहरु अदालतमा परेका  र सातवटा मुद्दामा फैसला भइसकेको जानकारी दिए।​

यसैबीच रुस - युक्रेन युद्ध भएको १६५ दिनमा पुग्दा युक्रेनी राष्ट्रपति, भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक उर्जा संयन्त्रमा गोलाबारी गरेपछि अन्तरराष्ट्रिय आतंकवादी घोषणा गर्न माग गरेका छन्।​

जेलेन्स्कीले आज युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलसँग फोनवार्ता गर्दै रूसी आणविक उद्योग र आणविक इन्धनमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.