|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच लुकामारी चलिरहेको छ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि शर्मा र अधिकारीबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन।

सर्वोच्चबाट काममा फर्केका अधिकारीले सिसिटिभी प्रकरणमा मुछिएर फेरी अर्थमन्त्रालय सम्हाल्न आइपुगेका शर्मालाई स्वागत गर्न पनि मन्त्रालयमा पुगेका थिएनन्।

एम अधिकारी प्रकरणमा सिसिटिभी प्रकरण साटिएकाे आशंकाकाबीच आज अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमासमेत दुबैको भेट भएन। अर्थ मन्त्रालयको बैठकमा नगएका गभर्नर अधिकारी आज दिउँसो रेगुलेसन विभागले एक होटेलमा आयोजना गरेको बैठकमा भने सहभागी भए।

शर्मा दोस्रो पटक मन्त्री भएपछि गभर्नर अधिकारीसँग भेटघाट नै नभएकाे हाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.