|

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारका व्यापारीहरुले आज बिहानैबाट बजार बन्द गराएका छन्।

लामो समयदेखि अलपत्र छाडिएको बयलवास बजार क्षेत्रको सडक तत्काल निर्माण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले व्यापारीहरुले बजार बन्द गराएका हुन्। बजारमा आज औषधी पसल र अन्य अत्यावश्यक पसल/व्यवसायबाहेक अन्य पसलहरु खुलेका छैनन्।

उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाइमा बजार बन्द गराइएको हो। भोलि पनि यसैगरी बजार बन्द गराउने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ ईश्वरपुरले जनाएको छ।

फूलजोर–त्रिभुवननगर सडक खण्डमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौडा गरेको महिनौँ भइसक्दा पनि ठेकेदारले विभिन्न बहानाबाजी गर्दै कालोपत्रेको काम नगरेकाे हाे।

सडक क्लियर गर्ने क्रममा घरहरु भत्काउँदा करोडौँको क्षतिसमेत भएको तर अहिलेसम्म पनि ठेकेदारले कालोपत्रे नगर्दा आवातजावत तथा व्यापार व्यवसाय गर्न कठिनाइ भइरहेको व्यापारीहरुले बताएका छन्।

सडक निर्माणका लागि नगरपालिका कार्यालयसहित अन्य निकायलाई घच्घच्याउँदासमेत सडकको काममा प्रगति नभएको उनीहरुले गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.