|

झापा : मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको जानकारी दिए।

उनका अनुसार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

शिशु जन्मनेबित्तिकै खोलामा फालेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.