|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने टिप्पणी गरेका छन्। 

काठमाडौंमा शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका नेपालको कुनै गन्तब्य नरहेको बताए।

‘विचरा माधव नेपालको त नाउँ नलिऊँ होला तिनको जिन्दगी त छटपटीमै बित्छ। उनले भने, गन्तब्य-सन्तब्य केही छैन विचराको!’

उनले गठबन्धनमा आवद्ध दलको गन्तब्य केही नरहेको जिकिर गरे। 

‘मोहनविक्रमको प्यूठान, शेरबहादुरजीको म्याडम साइबा, प्रचण्डको सुपुत्रीबाहेक यिनको गन्तब्य–सन्तब्य केही छैन’ ओलीले भने।

उनले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताए। ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ, ओलीले भने, त्यसैले जित्नैपर्ने दायित्व छ।’

उनले अहिलेजस्तो राज्य संयन्त्रको चरम दोहन कहिल्यै नभएको उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.