|

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार  हुँदै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साविक च्याम्पियन भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।

भारत घरेलु भुमिममा आफ्नो दबदबा कायम राख्ने ध्याउनमा हुँदा बंगलादेश पहिलो पटक उपाधि उचाल्ने ध्याउनमा रहेको छ। बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुग्दा भारत उपविजेताका रुपमा उपाधिनजिक पुगेको हो।

त्यसोत बंगलादेशले समूहचरणमा भारतलाई हराएकाले बलियो आत्माविश्वासका साथमा मैदानमा रहने छ। तर भारतको पछिल्लो फर्मले बंगलादेशलाई सहज भने हुने छैन्। भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिंदै च्याम्पियन छवि कायम राख्ने ध्याउनमा हुने छ।

नेपाल भने स्वदेश फर्किसकेको छ। नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएपनि बंगलादेश सँगको बराबरी र भारतसँगको फराकिलो हारले नेपाल फाइनल पुग्न असफल भयो। नेपाल प्रतियोगितामा तेस्रो स्थानमा रह्यो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.