|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरूको राजनीतिक यात्रा मानिसहरूले सोचेजस्तो सजिलो नभएको बताएका छन्।

शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए।

उनले राजनीति घुमाउरो बाटोमा हिँड्ने र धेरै चुनौतीको सामना गर्नुपर्ने बताए। अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने सुनाए।

उनले भने,‘ पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो। राजनीति गर्ने कुरा सजिलो हुँदैन। राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ। तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ।‘

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सके मात्र इतिहासको सही कदर गरेको ठहरिने बताए। उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.